Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

घरेलु बक्स अफिसमा १४ करोड कमाइ गरेको फिल्म परान अब मलेसियामा प्रदर्शन हुने

घरेलु बक्स अफिसमा १४ करोड कमाइ गरेको फिल्म परान अब मलेसियामा प्रदर्शन हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली फिल्म उद्योगमा कमाइ र चर्चाको नयाँ कीर्तिमान स्थापन गरेपछि नीर शाह अभिनीत फिल्म परान अब मलेसियामा प्रदर्शन हुने भएको छ । फिल्म निर्माण पक्षका अनुसार, फेब्रुअरी १४, २०२६ (शनिबार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा यो चलचित्र रिलिज हुनेछ ।

विज्ञापन
Advertisement
Advertisement

मलेसियामा फिल्मको प्रदर्शन अधिकार गैरआवासीय नेपाली संघ ९एनआरएनए० एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले खरिद गरेका छन् । उनले मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत रहेको र उनीहरूको सुविधा तथा समयतालिका अनुसार शोहरू तय गरिएको बताए ।

दीपक आचार्य ९काकु० निर्देशित परान नेपालमा बलियो वर्ड–अफ–माउथका कारण अत्यधिक चर्चा कमाएको फिल्म हो । यसले वर्ष २०८२ को हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको उपाधि पनि प्राप्त गरेको छ ।

फिल्मका निर्माता शेखर गोल्छा, रञ्जित आचार्य हुन् भने मुख्य कलाकारको रूपमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा लगायतले अभिनय गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit