Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल टेलिकमले शेयरधनीलाई ५.४० अर्ब नगद लाभांश वितरण गर्ने

नेपाल टेलिकमले शेयरधनीलाई ५.४० अर्ब नगद लाभांश वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम– एनटीसी) ले लाभांश वितरणको घोषणा गरेको छ । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत नगद लाभांश शेयरधनिलाई वितरण गनेए प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ कायम छ । कम्पनीले ३० प्रतिशतका दरले हुन आउने ५ अर्ब ४० करोड रुपैयाँ नगद शेयरधनीलाई वितरण गर्ने जनाएको हो । घोषित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते १८औँ वार्षिक साधारण सभा बोलाएको छ । राष्ट्रिय सभागृह काठमाडौंमा बस्ने सभाले लाभांशसँगै गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका आर्थिक र वित्तीय प्रतिवेदनहरु पारित गर्नेछ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त लाभांश अर्थ मन्त्रालयको स्वीकृति पछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit