Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ७२.२८अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ७२.२८अर्बको पेट्रोलियम पदार्थ आयात
विज्ञापन
Advertisement

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व सङ्कलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए ।

त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुजा आयातबाट १२ अर्ब ७४ करोड रकम प्राप्त गरेको छ। आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ ।

त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब ६५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै कपडाहरूको आयातबाट भने चार अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ। वीरगञ्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा समग्रमा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit