Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

लक्ष्य भन्दा दुई दिन अघिनै छापियो दुई करोड मतपत्र

लक्ष्य भन्दा दुई दिन अघिनै छापियो दुई करोड मतपत्र
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी भएको पाँच लाख मतपत्र आज दिनभरमा सम्पन्न गर्ने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिए । उनका अनुसार बागमती प्रदेशका लागि पाँच लाख थान मतपत्र छाप्न बाँकी छ । जुन आजै साँझसम्म सम्पन्न हुने पौडेलले बताए ।

‘प्रतक्ष्यतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौँ, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौँं आज ४० दिनमै सकिँदैछ ।’ आज छपाइ सम्पन्न पछि भोलिसम्ममा सबै मतपत्र प्याकिङ सकेर बाँकी जिल्लामा ढुवानी हुने उनले जानकारी दिए ।

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ सक्न लागेको हो । यस्तै, छपाइ सम्पन्न भैसकेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ । साथै, दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाउने कार्य भइरहेको पौडेलले जानकारी दिए ।

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit