Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सरकार भ्रम फैलाउन माहिर, सुशासनका लागि सम्झौता गर्दिन : मेयर बालेन शाह

सरकार भ्रम फैलाउन माहिर, सुशासनका लागि सम्झौता गर्दिन : मेयर बालेन शाह
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वर्तमान सरकारलाई ‘भ्रमको खेतीमा पीएचडी पाउने सरकार’ को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले विभिन्न भ्रमहरू सरकार आफैंले फैलाइरहेको आरोप लगाउँदै सुशासन स्थापनाका लागि आफू कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
उनले ६ बुँदामा फैलाइएको भ्रमलाई उल्लेख गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

१.भ्यू टावर नक्सा पासबारेको भ्रम
मेयर शाहका अनुसार भ्यू टावरको नक्सा पास गर्ने अधिकार कार्यपालिकालाई दिइएको भए पनि सरकार नियोजित रूपमा मेयरले नक्सा पासको स्वीकृति दिएको भन्ने गलत प्रचार गर्दैछ। उनले कानुनी प्रक्रियाअनुसार नै नक्सा पास गरिएको र त्यसपछि समेत बैठक बस्दै छलफल भएको प्रमाण सुरक्षित रहेको दाबी गरे।

२.कार्यकारी टिक्दैन भन्ने गलत प्रचार
बालेन शाहले आफ्नो कार्यकालमा चार जना कार्यकारी हटेको स्वीकारे। तीमध्ये दुईलाई महानगरले भ्रष्टाचारको आरोपमा हटाएको र बाँकी दुईलाई सरकार आफैंले हटाएको उनले बताए। ‘हामीले भ्रष्टलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकार आफैंले असल कर्मचारीलाई हटाउँदा असल कार्यकारी टिक्न नदिएको अर्थ लाग्दैन र?’ उनले प्रश्न गरे।

३. काठमाडौँमा कार्यकारी जान मान्दैनन् भन्ने लज्जास्पद धारणा
सरकार आफैंले मातहतका कर्मचारी पठाउन नसक्ने अवस्थाले राज्य संयन्त्र कति कमजोर भएको देखाउँछ भन्ने टिप्पणी गर्दै शाहले भने, ‘यदि सरकार काठमाडौं महानगरमा कर्मचारी पठाउन सक्दैन भने भोलि अन्य संवेदनशील क्षेत्रमा कसरी पठाउने ।’

४. ऐनको गलत व्याख्या गरेर झुटो सूचना फैलाइएको आरोप
मेयर शाहले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) को उल्लेख गर्दै सरकारले प्रमुख प्रशासकीय अधिकृत तोक्नुपर्नेमा उल्टै मेयरले नै नियुक्त गर्न सक्छ भन्ने भ्रम फैलाएको बताए।

५. कार्यकारीको छानबिन रिपोर्ट लुकाइएको दाबी असत्य
बालेन शाहले कार्यकारीको छानबिन प्रतिवेदन बनेकै नभएको बताउँदै सरकार अनावश्यक रूपमा रिपोर्ट लुकाइयो भन्ने गलत हल्ला फैलाइरहेको आरोप लगाए।

६. मन्त्रीसँग समन्वय गर्नुपर्छ भन्ने सरकारी तर्कप्रति प्रश्न
उनले समन्वय भनेको आधिकारिक पत्राचार वा संयन्त्रमार्फत सम्पर्क गर्नु हो भन्दै सरकार व्यक्तिगत अन्तरंगको खोजीमा रहेको संकेत गरे। उनले पटक–पटक मन्त्रालयलाई पत्राचार गरेको दाबी गर्दै विधि, प्रक्रिया र जिम्मेवारीको स्पष्टता खोज्नुपर्ने बताए। शाहले प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै आफू सरकारको दुश्मन नभएर विकासका साझेदार भएको बताए। ‘हामीले गरेका विकासका काम तपाईंको कार्यकालमा भएका हुन् भन्ने ठान्नु हुन्छ भने खुला रूपमा भन्नुहोस्, तर भ्रष्ट कार्यकर्ताको समर्थन गरेर भ्रम नफैलाउनुस्,’ उनले सरकारलाई चेतावनी दिए। शाहले भ्रष्टाचारविरुद्धको लडाइँमा आफू अडिग रहने प्रतिबद्धता जनाए। ‘महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, मेरो नियतमा फरक पर्दैन। सुशासन कायम गरेरै छोड्छु, उनले दोहोर्याए।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit