Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य तीन हजार रुपैयाँले घट्यो, चाँदी तोलाको कति ?

सुनको मूल्य तीन हजार रुपैयाँले घट्यो, चाँदी तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँ निर्धारण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मोल प्रतितोला तीन हजार रुपैयाँले सस्तिएको छ। त्यसअघि (शुक्रबार) एक तोला सुन तीन लाख ३ हजार ५०० रुपैयाँ तोकिएको थियो।

यस्तै, आज तोला चाँदीको भाउमा पनि कमी आएको छ । महासंघका अनुसार आइतबार तोलामा चार हजार ९८५ रूपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार चार हजार आठ सय ६० रूपैयाँमा झरेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँले कम हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit