Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा मधेश प्रदेशका ७७ अभिकर्ता सम्मानित

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा मधेश प्रदेशका ७७ अभिकर्ता सम्मानित
विज्ञापन
Advertisement

जनकपुरधाम । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१-८२ मा उल्लेखनीय बीमाशुल्क संकलन गरी उत्कृष्ट प्रदर्शन गर्ने मधेश प्रदेशका ७७ जना अभिकर्तालाई सम्मान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

जनकपुरस्थित मिथिला यात्रीमा आयोजित ‘सिइओ क्लब सदस्य सम्मान कार्यक्रम’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। सो अवसरमा मधेश प्रदेशबाट सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो।

साथै ‘नेशनल रत्न’ र ‘नेशनल स्टार’ विजेता अभिकर्ताहरुलाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाद्वारा सम्मान गरियो।

यसैगरी आफ्नो कोड तथा सञ्जालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट अभिकर्ताहरुलाई विशेष पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ता समूहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अभिकर्तामैत्री योजना अन्तर्गत वार्षिक रुपमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सिइओ क्लबको अवधारणा ल्याइएको बताए। उनका अनुसार यस अवधारणा अन्तर्गत देशभरबाट १,६०० भन्दा बढी अभिकर्ता छनोट हुनु योजनाको सफलताको प्रमाण हो।

कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता अभिवृद्धिसम्बन्धी विभिन्न उदाहरणसहित विशेष तालिम प्रदान गरेका थिए।

मधेश प्रदेशका उत्कृष्ट अभिकर्तामध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव साझा गरेका थिए। सहभागी अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट प्रत्यक्ष सम्मान प्राप्त गर्न पाउँदा आफ्नो मेहनतको कदर भएको अनुभूति भएको बताएका थिए। साथै, कम्पनीले गुणस्तरीय तालिम तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरेकोमा आभार व्यक्त गरेका थिए।

कम्पनीले यस्ता कार्यक्रममार्फत अभिकर्ताहरुको मनोबल उच्च राख्दै व्यवसाय विस्तार र सेवाको गुणस्तर अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit