Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टीकापुरका किसानका लागि बगर बन्यो आम्दानीको स्रोत, वार्षिक १२ क्विन्टल प्याज उत्पादन

टीकापुरका किसानका लागि बगर बन्यो आम्दानीको स्रोत, वार्षिक १२ क्विन्टल प्याज उत्पादन
विज्ञापन
Advertisement

भजनी (कैलाली) । टीकापुर नगरपालिका–८ का पुनिराम थारूले पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन् । सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उनले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले त्यस क्षेत्रमा प्याजखेतीलाई प्राथमिकता दिएका मात्र छैनन् प्याजखेती निकै लोभलाग्दो छ । बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आएका थारुले प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटरसमेत उत्पादन गर्ने गरेको बताउँछन् । ‘बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ । प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ’ थारुले भने ‘खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ ।’

कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपास क्षेत्रमा आजभोलि हरियाली छ । ढुङ्गा नभएको बालुवा भएको क्षेत्रमा सानासाना प्लट बनाइएका छन् । जहाँ लहरै प्याजको खेती छ । वडा नं ८ फाँटागाउँका ५०–६० घरपरिवारले कर्णाली नदी किनार तथा टापुमा प्याजखेती गर्दै आएका छन् । बर्सेनि उक्त सङ्ख्या बढ्दै गएको देखिन्छ। बगरबाट बर्सेनि लगभग ७०० क्विन्टल बढी प्याज उत्पादन हुने गरेको छ । ‘एक परिवारले न्यूनतम पाँच–छ क्विन्टल प्याज उत्पादन गर्नुहुन्छ । उत्पादन सोचेभन्दा राम्रो हुन्छ,’ स्थानीय सम्झनी चौधरी भन्छिन् ‘अहिले बगरमा खेती गर्ने किसानको सङ्ख्या पनि बढेको छ । पहिलेको भन्दा क्षेत्र पनि बढेको छ ।’ उनले अन्य खेतबारीमा लगाएको प्याजभन्दा बगरमा गरेको प्याजको उत्पादन राम्रो हुने गरेको बताइन् ।

टीकापुर नगरपालिका–८ बटनपुरकी सम्पुर्नी चौधरीले पहिलोपटक नदीको टापुमा प्याजखेती गरेकी छिन् । गत वर्ष अरुले खेती गरेको देखेर यसपटक पाँच केजी प्याज लगाउँदा सोचेभन्दा राम्रो उत्पादन दिने उनकने भनाइ छ ।‘मैले अपेक्षा गरेभन्दा राम्रो गरी प्याज फस्टाएको छ । बालुवाभित्रको जमिन ओसिलो हुने हुँदा होला, घामपानीको मात्रा मिलेको देखिन्छ । मैले घरमा लगाएको प्याजभन्दा राम्रो बगरको भएको छ’ सम्पुर्नीले भनिन् । बटनपुरकै पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याजखेती सुरु गरेको बताउँछन् । खेर गइरहेको बगरबाट उत्पादन हुन्छ भन्ने थाहा पाएपछि उनले आफूलाई घरका लागि चाहिने जति प्याज रोपेको सुनाए । उनले भने, ‘मलाई बिक्री गरेर आम्दानी गर्नुभन्दा पनि आफूलाई वर्षभरि पुग्ने प्याज उत्पादन भए पुग्छ । बरु अर्को वर्ष बिक्री गर्नेगरी लगाउनुपर्ला ।’

बगरमा नयाँ किसानले परीक्षण गर्न भन्दै प्याजखेती गर्ने गरेको भए पनि विगतदेखि खेती गर्दै आएका किसानले व्यावसायिक रूपमा नै बगरको सदुपयोग गर्न थालेका छन् । खेती गरेबापत कसैलाई केही दिन नपर्ने भएपछि किसानले झन् उत्साहित भएर खेती विस्तार गर्दैएको धारणा राखे ।

अस्वाभाविक रूपमा बगरबाट आम्दानी गर्न थालेपछि त्यस क्षेत्रका नागरिकहरू निकै उत्साहित छन् । सामान्य मलखाद अनि कम मिहेनतले राम्रो आम्दानी हुने गरेको छ । वर्षात्को समयमा त्यहीँ कर्णाली नदीका कारण रातभर जाग्राम बस्ने वस्ती आजभोलि त्यहीँ कर्णाली नदीका बालुवाका फाँटको उत्पादनले वर्षात्को पीडा बिर्सने गरेका छन् । ‘वर्षात्को समयमा यहीँ कर्णालीको बेगले जतिबेला जे पनि हुनसक्छ भन्ने चिन्ताले सताउने गर्छ। हिउँदमा निदाएको कर्णालीले स्थानीयलाई राम्रो आम्दानी दिँदै आएको छ,’ स्थानीय बृहस्पति थरूनी भन्छिन् ‘किसान आजभोलि त्यो बर्खाको दुःख सम्झिँदैनन्, बर्खामा आजभोलि दिने उत्पादन बिर्सन्छन् ।’ रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit