काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएसँगै विजयी र्याली निकालिएको छ। शुक्रबार सम्पन्न मत गणनामा उनले १५ हजार ४५५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका थिए।
विजयी भएसँगै नवनिर्वाचित सांसद न्यौपानेको निर्वाचन क्षेत्रमा विजयी र्याली निकालिएको छ । र्याली पूर्व न्यौपानेले पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् भने कार्यक्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले उनलाई बधाई दिएक थिए । र्यालीमा अर्यालसहित नेता, कार्यकर्ताहरु उत्साहका साथ सहभागी भएका थिए।








कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्