Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रास्वपामय भयो पर्सा, क्षेत्र नम्बर २ मा कानु साढे १८ हजार मतान्तरसहित विजयी

रास्वपामय भयो पर्सा, क्षेत्र नम्बर २ मा कानु साढे १८ हजार मतान्तरसहित विजयी
विज्ञापन
Advertisement

काठमाडौं । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् । निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएको घोषणा गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याए । जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत पाइन् ।

यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा थिए । स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना छन् । पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ। सोमध्ये चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ । पर्सा क्षेत्र नम्बर–१ मा पनि रास्वपाकै बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका थिए ।

पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् । पन्तले कुल २७ हजार २ सय ७४ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।

पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आज दुवै विजयी उम्मेदवारले प्रमाणपत्र ग्रहण गरेका छन् भने उनीहरुको समर्थनमा विजयी जुलुस निकालिएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit