Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

झापा –५ मा बालेन र ओलीबीच ३८ हजार ६५ मतको अन्तर

झापा –५ मा बालेन र ओलीबीच ३८ हजार ६५ मतको अन्तर
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा सर्वाधिक चासोका साथ हेरिएको झापा– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले मतान्तरलाई फराकिलो बनाएका छन् । हालसम्म बालेनले ५२ हजार ९६ मत प्राप्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शाहले प्रतिष्पर्धी अर्का उम्मेदवार केपी शर्मा ओलीसँग ३८ हजार ६५ मतले मतान्तर बढाएका हुन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गृह जिल्लामा १४ हजार ३१ मत पाएका छन् । यस्तै, श्रम संस्कृतिका समीर तामाङले ८ हजार ८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका मन्धरा चिमरियाले १ हजार ४१७ मत र नेकपाका रन्जित तामाङले १ हजार १७६ मत पाएका छन् ।

दिउँसो १ :१० बजे सम्म ८२११८ मत गणना भएको छ। झापामा गणना हुन बाकी मत २४२५४ रहेको छ । निर्वाचन आयोगका अनुसार यहाँ कुल १०६३७२ मत खसेको थियो ।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit