Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

जेनजी आन्दोलनका क्रममा फरार जबर्जस्ती करणी र कीर्ते मुद्दा लागेका दुई जना पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार जबर्जस्ती करणी र कीर्ते मुद्दा लागेका दुई जना पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले जेनजी आन्दोलनका क्रममा जबर्जस्ती करणी मुद्दा र सरकारी कागजछाप दस्तखत कीर्ते गरेर फरार रहेका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीका ३० वर्षीय नुमेश वाइबा र खोटाङ बराहपोखरीका ४१ वर्षीय नवराज लुइँटेल रहेका छन्। ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले वाइबालाई जबर्जस्ती करणी र लुइँटेललाई सरकारी कागजछाप दस्तखत कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका वाइबा जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा र लुइँटेल जिल्ला अदालत काठमाडौंबाट फरार रहेका थिए। वाइबालाई स्वयम्भु र लुइँटेललाई वसुन्धराबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit