Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बलात्कार पछि किशोरी हत्या प्रकरण : न्यायको माग गर्दै विद्यार्थी सडकमा

बलात्कार पछि किशोरी हत्या प्रकरण : न्यायको माग गर्दै विद्यार्थी सडकमा
विज्ञापन
Advertisement

सुर्खेत। बलात्कार पछि हत्या गरिएको सुर्खेतकी किशोरीका लागि न्यायको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । मृतक किशोरी अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरुले वीरेन्द्रनगरमा आज प्रदर्शन गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विद्यालय पोशाकमै रहेका उनीहरुले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका छन् । ‘…न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ ‘छोरी मार्न पाइदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

फागुन २३ गते किरोशी सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन्। अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेर घटनाको अनुसन्धान थालेको छ। घटना अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सिआइबीको विज्ञ टोली वीरेन्द्रनगर आएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमूख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धानको काम सकेको र घटनामा प्राप्त प्रमाणको वैज्ञानिक र प्राविधिक विश्लेषणका लागि सिआईबीको सहयोग लिनु परेको शाहीको भनाइ छ । ‘धेरै प्रमाणहरुको परिक्षण भई रहेको छ’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आयो, मोवाइल फोनहरु केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण भइरहेको छ।’ प्रयोगशालाका रिपोर्टहरु आए पछि घटनाको वास्तविकता पत्ता लाग्ने उनले बताए ।

उपरीक्षक शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विज्ञ टोली गठनसँगै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ गर्ने टोली पनि पुगेको छ। पोलियाग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने उनले जानकारी दिए । मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरु प्रयोगशालामा पठाइएको शाहीले जानकारी दिए । एक सातादेखि किशोरीको शव आफन्तले बुझेका छैनन् । कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा किशोरीको शव राखिएको छ। सामूहिक बलात्कार पछि हत्या गरिएकोलेको हत्यामा संलग्नलाई कार्वाही हुने विश्वस्त वातावरण नभएसम्म आफन्तले शब नबुझ्ने अडान राखेका छन् ।

रोजगारीको लागि दुबइमा रहेका मृतक किशोरीका बुवा छोरीको हत्याको खबर पाएपछि दुबईबाट भारत हुँदै सुर्खेत पुगेका छन्। वीरेन्द्रनगरमा रहेकी उनकी आमा छोरीको हत्या भएकै दिनदेखि विक्षिप्त बनेकी छन् । सुर्खेत पुगेका बुवा इन्द्रबहादुरले छोरीले न्याय नपाएसम्म शव नबुझ्ने बताए। ‘योजनाबद्ध रुपमा छोरीको हत्या गरिएको छ’ उनले भने, ‘पार्कबाट जंगलतिर लगेर हत्या गरिएको हो ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit