Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंमा पर्यटन प्रवर्द्धनका लागि तीन पक्षबीच व्यापारिक सम्झौता

काठमाडौंमा पर्यटन प्रवर्द्धनका लागि तीन पक्षबीच व्यापारिक सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं। राजधानीको पर्यटन क्षेत्रलाई थप सशक्त र व्यवस्थित बनाउने उद्देश्यसहित तीन पक्षबीच महत्वपूर्ण व्यापारिक सम्झौता सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं साईडसिन प्रा. लि., जिल्ला होटल व्यवसायी संघ काठमाडौं तथा एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ गौशालाबीच उक्त सहकार्य औपचारिक रूपमा सम्पन्न भएको हो।

सम्झौता स्काई टावर कमलादीमा आयोजित कार्यक्रममा गरिएको थियो। कार्यक्रममा कम्पनीका डाइरेक्टर डा. एलेन बैलोचन तुलाधरले काठमाडौं उपत्यकाका प्रमुख पर्यटकीय क्षेत्रहरूको भ्रमणलाई आधुनिक, सहज र व्यवस्थित बनाउने योजनाबारे जानकारी गराए। उनले निजी क्षेत्रबीचको सहकार्यले पर्यटन अनुभवलाई स्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

सम्झौता सम्पन्न गराउन सुरेश बराल र अनिश बानियाको विशेष पहल रहेको बताइएको छ। कार्यक्रममा विभिन्न होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सम्झौताअनुसार अब काठमाडौंमा एकीकृत मार्केटिङ, यातायात व्यवस्थापन र होटल सञ्जालमार्फत सहकार्य गरिनेछ।

विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन गर्ने पर्यटकलाई लक्षित गरी सूचना प्रवाह, टिकट बिक्री तथा यातायात सेवा व्यवस्थापनमा संयुक्त रूपमा काम गरिनेछ। साथै सदस्य होटलहरूलाई कम्पनीका आधिकारिक बिक्रेताका रूपमा आबद्ध गराउँदै होटलमार्फत प्रत्यक्ष प्रचार–प्रसार, ब्रोसर वितरण र ब्रान्डिङका कार्यक्रम सञ्चालन गरिनेछ।


यसैगरी संघका वार्षिक कार्यक्रम, प्रकाशन तथा अन्य प्रवर्द्धनात्मक गतिविधिमा कम्पनीलाई समेटिनेछ भने दुवै पक्षले संयुक्त रूपमा पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्।

सम्झौताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नियमित समीक्षा बैठकहरू पनि बस्ने व्यवस्था गरिएको छ।कार्यक्रमबारे जानकारी शैलेन्द्र विक्रम थापाले दिएका थिए।यस सहकार्यले काठमाडौंको पर्यटन क्षेत्रलाई अझ व्यवस्थित, आकर्षक र प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit