Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पर्यटन प्रवर्द्धन गर्न इलाममा दशदिने ‘ऐनापोखरी महोत्सव’

पर्यटन प्रवर्द्धन गर्न इलाममा दशदिने ‘ऐनापोखरी महोत्सव’
विज्ञापन
Advertisement

काठमाडौं । आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले इलामको चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए

महोत्सवमा खेलकुद प्रतियोगिता,सांस्कृतिक कार्यक्रमका साथै घरेलु उत्पादनको प्रदर्शनी पनि हुनेछ ।

सहज रुपमा ऐना पोखरी पुग्न चुलाचुली गाउँपालिकाले मोटर सञ्चालन हुने सडक निर्माण गरेको छ । चुलाचुली पालिकाले पोखरी आसपासको क्षेत्रमा प्रतीक्षालयलगायत विविध भौतिक संरचना पनि निर्माण गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit