काठमाडौं । विगत तीन दशकदेखि नेपालको निर्जीवन बीमा बजारमा विश्वासिलो सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले आगामी नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आफ्नो डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो डिजिटल क्यालेन्डर नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट आधिकारिक रूपमा स्वीकृत प्राप्त छ। यस क्यालेन्डरमा आगामी वर्षका सार्वजनिक विदाहरू, चाडपर्वहरू, विभिन्न शुभ मुहूर्तहरू लगायतका महत्त्वपूर्ण जानकारीहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
क्यूआर कोडबाट सहजै डाउनलोड गर्न सकिने प्रविधिको प्रयोगलाई आत्मसाथ गर्दै कम्पनीले यो क्यालेन्डरलाई डिजिटल स्वरूपमा ल्याएको हो। प्रयोगकर्ताहरूले कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालहरूमा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी सजिलै क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्नेछन् ।
बीमा सचेतनामा सक्रियतानेको इन्सुरेन्सले ग्राहकको सुविधाका लागि नयाँ बीमा योजनाहरू र ठाउँको ठाउँ दावी भुक्तानी जस्ता सेवाहरू प्रदान गर्दै आएको छ । साथै, कम्पनीले विभिन्न समुदाय, विद्यालय तथा कलेजहरूमा बीमा सचेतना कार्यक्रम र अभिकर्ता तालिमहरू मार्फत जनमानसमा बीमाको महत्त्वबारे सुसूचित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया दिनुहोस्