Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दोहोरो अंकले बढ्यो नेप्से, घट्यो कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, घट्यो कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं। साताको अन्तिम कारोबार दिन विहिबार शेयर बजारमा दोहोरो अंकले बढेको छ। अघिल्लो दिन उच्च अंकले करेक्सन आएको बजारमा यो दिन १४.२१ अंकले बढेर दुई हजार ९५०.१६ विन्दुमा आइपुगेको हो । नेप्से परिसूचक बढेसँगै कारोबार रकम भने घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन ३० करोड ४३ लाख कित्ता शेयर किनबेचहुँदा १३ अर्ब १६ करोड रुपैयाँ कारोबार भएको छ। सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रक्चर एण्ड डेभलपमेन्ट,एसवाई प्यानेल, नेशनल हाइड्रो पावर कम्पनी, रिडी पावर कम्पनी,न्यादी ग्रुप पावर कम्पनीको शेयर मूल्य ४१ करोड २४ लाख रुपैयाँदेखि ९४ करोड २९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

रिलायन्स स्पेनिङ मिल्स,सुपरखुदी हाइड्रोपावर,होटल फरेक्ट इन,सोलु हाइड्रो पावर कम्पनीको करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट नै लागेको छ । यो दिन पञ्चकन्या माई हाइड्रोपावर, सिन्धु विकास बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनीको शेयर मूल्य ३.०४ प्रतिशतदेखि ७.४८ प्रतिशतसम्मले घटेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit