Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

जेनजी आन्दोलनमा सहिद भएका परिवारका सदस्यलाई रोजगारी दिन्छौं : निर्वाण चौधरी

जेनजी आन्दोलनमा सहिद भएका परिवारका सदस्यलाई रोजगारी दिन्छौं : निर्वाण चौधरी
विज्ञापन
Advertisement

काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनमा सहिद भएका परिवारका सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् सहिद भएका परिवारका एक जना सदस्यलाई आफ्ना कम्पनीहरुमा रोजगारी दिने जानकारी गराएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

चौधरीले आज भनेका छन् , “उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानाहरुमा भएको ठूलो क्षति र विध्वंशले हामीलाई गहिरो पीडा दिएको छ । यद्यपी यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ ।”

प्रबन्ध निर्देशक चौधरीले यस कठिन समयमा चौधरी ग्रुपले सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै एक सदस्यलाई रोजगारी प्रदान गर्ने विषयमा आफूहरुले सम्पर्क गरी रोजगारी दिने बताएका छन् । ‘‘यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।’’ आफूहरु सँगै उभिने उल्लेख गर्दै उनले भनेका छन्, ‘हाम्रो टिमले सम्पूर्ण सहिद परिवारलाई सम्पर्क गर्दैछौं, यद्यपि यसका लागि यहाँहरूले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर 9851224000 मा सम्पर्क गर्नुहुन अनुरोध छ ।’’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit