Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हरित यातायात प्रवर्द्धनका लागि नाडाले गर्‍यो ‘ग्रीन ड्राइभ’ ईभी र्‍याली

हरित यातायात प्रवर्द्धनका लागि नाडाले गर्‍यो ‘ग्रीन ड्राइभ’ ईभी र्‍याली
विज्ञापन
Advertisement

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ विद्युतीय सवारीसाधन (ईभी) र्‍याली सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यस कार्यक्रममार्फत वातावरणमैत्री यातायात र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्ने सन्देश दिइएको नाडाले जनाएको छ।

र्‍यालीमा दिपल, भोल्टस, कामा, एम्पीएर, स्काइवर्थ, फ्युचरमोर्टस, नामी, टियागो ईभी र सुजुकी लगायतका विभिन्न प्रख्यात ब्रान्डका विद्युतीय सवारीसाधनहरूको सहभागिता रहेको थियो। यस ऐतिहासिक कार्यक्रमलाई टाइम्स बिजनेश स्काइवर्थ तथा नेपाल जीवन बिमा कम्पनीले सहयोग गरेका थिए।

नाडा सचिवालय टेकुबाट सुरु भएको ¥याली त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली र कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजामा पुगेर समापन गरिएको थियो । ¥यालीमा सहभागी ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, पूर्वअध्यक्षद्वय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलाल ले प्रमाणपत्र वितरण गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit