Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नवनियुक्त भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालः इन्जिनियरिङ पृष्ठभूमिबाट नीतिगत नेतृत्वसम्म

नवनियुक्त भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालः इन्जिनियरिङ पृष्ठभूमिबाट नीतिगत नेतृत्वसम्म
विज्ञापन
Advertisement

लुम्बिनी । रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सुनील लम्साल अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। पेशागत रूपमा सिभिल इन्जिनियर रहेका लम्सालको राजनीतिक यात्रा प्राविधिक दक्षता, विद्यार्थी आन्दोलन र नीतिगत सक्रियताको संगमका रूपमा विकसित भएको देखिन्छ।

विज्ञापन
Advertisement
Advertisement

२०४७ असोज १८ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–बिर्घामा जन्मिएका लम्साल विगत दुई दशकभन्दा बढी समयदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, भलबारीमा बसोबास गर्दै आएका छन्। बोधराज लम्साल र जमुना लम्सालका तीन छोरामध्ये माइलो सन्तानका रूपमा हुर्किएका लम्सालको बाल्यकाल पहाडी परिवेशमा बित्यो।

विद्यार्थी राजनीति हुँदै नेतृत्वतर्फ

विद्यालय तहको अध्ययन भलबारीमै पूरा गरेपछि लुम्बिनी इन्जिनियरिङ कलेजबाट उच्च शिक्षा हासिल गरिएको थियो। विद्यार्थी जीवनदेखि नै राजनीति र नेतृत्वमा सक्रियता देखाउँदै एमाले निकट विद्यार्थी संगठनमार्फत सार्वजनिक जीवनमा प्रवेश भएको थियो। सोही क्रममा अनेरास्ववियुको तर्फबाट क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित हुँदै नेतृत्व क्षमताको प्रारम्भिक अभ्यास गरिएको थियो।

प्राविधिक दक्षता र पूर्वाधार अनुभव

सिभिल इन्जिनियरिङमा स्नातक र संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका लम्साल हाल काठमाडौँ विश्वविद्यालयमा ‘ठोस फोहर व्यवस्थापन’ विषयमा विद्यावारिधि गर्दै छन्। प्राविधिक अध्ययनसँगै राष्ट्रिय गौरवका पूर्वाधार आयोजनामा काम गरेको अनुभवले विकासप्रति व्यावहारिक दृष्टिकोण निर्माण गरेको छ।

योजना निर्माणका क्रममा लागत, समयसीमा, गुणस्तर मापदण्ड र प्रभावकारी अनुगमन प्रणाली स्पष्ट हुनुपर्ने धारणा लम्सालको मुख्य विशेषता मानिन्छ। सहरी विकास र वातावरण व्यवस्थापनका क्षेत्रमा गरिएको अध्ययन तथा अनुसन्धानले पनि नीतिगत सोचलाई थप मजबुत बनाएको छ।

महानगर अनुभव र नीति दृष्टि

२०७९ को स्थानीय तह निर्वाचनपछि काठमाडौँ महानगरपालिकामा प्रमुख बालेन्द्र शाहका पूर्वाधार सल्लाहकारका रूपमा काम गर्दै शहरी व्यवस्थापनको व्यवहारिक अनुभव हासिल गरिएको थियो। फोहर व्यवस्थापनलाई केवल सरसफाइको विषय नभई वातावरणीय सन्तुलन, जनस्वास्थ्य र मानवअधिकारसँग जोडिएको संरचनात्मक चुनौतीका रूपमा हेर्ने दृष्टिकोणले नीति बहसमा फरक आयाम थपेको छ।

वैज्ञानिक, दीर्घकालीन र समुदायमैत्री समाधानबिना फोहर व्यवस्थापन समस्या दोहोरिरहने निष्कर्ष लम्सालले निरन्तर राख्दै आएका छन्।

नयाँ राजनीतिक एजेन्डा र प्राथमिकता

राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्रीको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार, अभियान सञ्चालन र नीतिगत एजेन्डा निर्माणमा सक्रिय भूमिका निर्वाह गरिएको छ। सुशासन, गुणस्तरीय पूर्वाधार र युवा सशक्तीकरणलाई केन्द्रमा राखेर पारदर्शी सार्वजनिक सेवा प्रणाली विकास गर्ने लक्ष्य अगाडि सारिएको छ।

प्रशासनिक प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै सेवाप्रवाहलाई छरितो, सहज र विश्वसनीय बनाउने प्रतिबद्धता स्पष्ट रूपमा देखिन्छ।

पूर्वाधार विकासका सन्दर्भमा ‘मौसमी सडक’ को प्रवृत्तिबाट बाहिर निस्कनुपर्ने र कडाइका साथ गुणस्तर मापदण्ड लागू नगरेसम्म दिगो विकास सम्भव नहुने धारणा लम्सालको स्पष्ट नीति दृष्टिकोणका रूपमा उभिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit