Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो
विज्ञापन
Advertisement

वीरगन्ज । वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोड रुपैयाँका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात छ अर्ब ४२ करोड रुपैयाँले बढी हो ।

विज्ञापन
Advertisement
Advertisement

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयातमा वुद्धि भएको छ । भन्सार कार्यालयले चालु आवको सात महिनामा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्र १६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको छ ।

जबकि गत आवको सात महिनामा १७ अर्ब १५ करोड रुपैयाँका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आवको सात महिनामा एक अर्ब १६ करोड १३ लाख रुपैयाँका छ सय नौवटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ ।

ती सवारीसाधन आयात हुँदा दुई अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जबकि गत आवको सात महिनामा भने एक अर्ब ५० करोड रुपैयाँका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा तीन अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit