Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
विज्ञापन
Advertisement

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र ३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल र रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना४४प ९३५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर नवलपरासीबाट सिमेन्ट लोड गरी वीरगन्जतर्फ जाँदै गरेको ना६ख ३१४५ नम्बरको ट्रकमा ठोक्किँदा प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत हेटौँडा उपमहानगरपालिका–९ निवासी १९ वर्षीया एकता वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते वैद्यलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोगटीले बताए ।

सोही दुर्घटनामा परी प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँटा उपमहानगरपालिका–४ कर्राका १९ वर्षीय रोनिक कार्की र ना४४प ९३५४ नम्बरको मोटरसाइक चालक चितवनको इच्छाकामना गाउँपालिका–५ बदेलटारका २१ वर्षीय पुष्पालाल गुरुङ घाइते भएको छन् ।

उनीहरू दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता बोगटीले जानकारी दिएका हुन । दुवै मोटरसाइकल र ट्रक तथा ट्रकचालक बाँकेको कोहलपुर नगरपालिका–१४ निवासी ३३ वर्षीय बद्री गडरियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit