Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बीपी राजमार्गको निरीक्षणपछि गृहमन्त्रीको उद्घोष– विपद्का घटना हुनासाथ अब सुरुमै हेली पुग्छ

बीपी राजमार्गको निरीक्षणपछि गृहमन्त्रीको उद्घोष– विपद्का घटना हुनासाथ अब सुरुमै हेली पुग्छ
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत रोशी खोला क्षेत्रमा गत वर्ष बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार दिउँसो नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थल चौकीडाँडा पुगेर उनको टोलीले बाढी प्रभावित क्षेत्र र जोखिममा रहेका बस्तीहरूको अवस्थाबारे जानकारी लिएको हो । हरेक वर्ष वर्षायाममा रोशी खोलाको बाढीले बीपी राजमार्ग अवरुद्ध हुने र स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपर्ने गुनासो बढेपछि मन्त्री गुरुङ वस्तुस्थिति बुझ्न टोलीसहित आज त्यहाँ पुगेका थिए । निरीक्षणका क्रममा उनले बाढीले पुर्‍याएको भौतिक क्षति र सडक पूर्वाधारको अवस्थाको स्थानीय जनप्रतिनिधिसँग जानकारी लिए।

सो अवसरमा उनले अब विपद्का घट्ना घट्दा सरकारले विपद् व्यवस्थापन र उद्धार कार्यलाई थप चुस्त बनाउन नयाँ रणनीति अपनाउने घोषणा गरे । सडक मार्गबाट उद्धार टोली र एम्बुलेन्स पठाउँदा जाम तथा पहिरोका कारण समयमा पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै अब‘हेली रेस्क्यु’ लाई प्राथमिकता दिइने उनले बताए ।

उनका अनुसार विपद्को घटना हुनासाथ सुरुमै सरकारले घटनास्थलमा हेलिकप्टर पठाउनेछ भने एयरपोर्टमा उद्धारका लागि तयारी अवस्थामा रहेको विशेष टोलीलाई घटनाको प्रकृति हेरी तत्काल परिचालन गरिनेछ। ‘विपद्को समयमा समयको महत्व धेरै हुन्छ। अब हामीले टोली बनाउँछौं, जहाँ विपद् हुन्छ त्यहाँ सुरुमै हेलिकप्टर झार्छौं। जसले गर्दा उद्धार टोली र एम्बुलेन्स जाममा फस्ने समस्या नहोस्,’मन्त्री गुरुङले भने, ‘त्यसपछि उद्दारका लागी कुन टिम चाहिने हो त्यही अनुसार एअरपोर्टबाट थप टोली पठाउँछौं । रेस्क्यु र सामान झार्ने कार्य हेलीबाटै हुन्छ ।’

सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत र आवश्यक सुरक्षाका लागि सडक जाममा उद्धार टोली फस्ने समस्या समाधान गर्न लोकेसन पत्ता लगाउने र सिधै हेलिकप्टरबाट टोली तथा राहत सामग्री ओराल्ने व्यवस्था मिलाइने उनको भनाइ थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit