Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टिकटकद्वारा २०२५ को चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

टिकटकद्वारा २०२५ को चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
विज्ञापन
Advertisement

प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुसार टिकटकले Q4 2025 को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन अपनाइएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरिएको छ, जसले विश्वभरका प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न सहयोग पुर्‍याएको छ।

विज्ञापन
Advertisement
Advertisement

Q4 2025 अवधिमा नेपालमा मात्रै टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल १९ लाख ३२ हजार ५७५ भिडियो हटाएको छ। अक्टोबरदेखि डिसेम्बरसम्म सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९.९% कायम रह्यो, जसमा ९८.४% भिडियो २४ घण्टाभित्र हटाइएको थियो।

विश्वव्यापी रूपमा, यस अवधिमा टिकटकले कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५% हो। हटाइएका भिडियोमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पत्ता लगाई हटाइएको थियो भने ८३ लाख ६० हजार ७८० भिडियो समीक्षा पछि पुनर्स्थापना गरिएको थियो। सक्रिय हटाउने दर ९९.१% रहेकोमा ९३.४% फ्ल्याग गरिएका कन्टेन्ट पोस्ट भएको २४ घण्टाभित्र हटाइएको थियो।

प्लेटफर्मको विश्वसनीयता कायम राख्ने उद्देश्यले यस अवधिमा १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली एकाउन्टहरू हटाइएको छ। साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका थप २ करोड ३८ लाख ७५ हजार ८७९ खाताहरू पनि हटाइएको थियो।

यस त्रैमासिक अवधिमा एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको संख्यामा कमी आएको देखिएको छ, जसले एआई-आधारित मोडरेशन प्रणालीमा भएको सुधारलाई संकेत गर्दछ। यसले नियम उल्लङ्घन गर्ने पुराना कन्टेन्ट समेत पहिचान गरी हटाउन सक्षम भएको छ। साथै, कमेन्ट हटाउने दरमा पनि कमी आएको छ, किनकि टिकटकले केही अनुपयुक्त वा आपत्तिजनक कमेन्टहरूलाई सिधै हटाउनेभन्दा तिनीहरूको पहुँच घटाउने रणनीति अपनाएको छ। यसैबीच, नक्कली लाइक र नक्कली फलोअर्स हटाउने कार्यमा वृद्धि भएको छ, जसले प्लेटफर्मको वास्तविकता र विश्वसनीयता कायम राख्ने प्रयासलाई थप मजबुत बनाएको छ।

प्रतिवेदन अनुसार हटाइएका भिडियोमध्ये २१.२% मा संवेदनशील वा वयस्क विषयवस्तु समावेश थिए। थप ९.१% भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने १.२% भिडियोले गोपनीयता तथा सुरक्षा निर्देशिका उल्लङ्घन गरेका थिए। साथै, १.६% भिडियो भ्रामक सूचनासँग सम्बन्धित थिए र १.८% भिडियो सम्पादन गरिएको वा एआई-निर्मित सामग्री (AIGC) का रूपमा चिनिएका थिए।

कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदनको नियमित प्रकाशनले कन्टेन्ट तथा खाता सम्बन्धी कारबाहीको परिमाण र प्रकृतिबारे स्पष्ट जानकारी प्रदान गर्दै टिकटकको पारदर्शिताप्रतिको प्रतिबद्धता देखाउँछ। Q4 2025 प्रतिवेदनबारे थप जानकारी लिन तथा कन्टेन्ट नीतिहरू, टुल्स र गाइडलाइन्सबारे बुझ्न टिकटकको ट्रान्सपेरेन्सी सेन्टर भ्रमण गर्न सकिन्छ।

टिकटक:
टिकटक छोटो अवधिको मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो, जसको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र प्रयोगकर्तालाई मनोरञ्जन प्रदान गर्नु हो। यसको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिङ्गापुरमा रहेको छ भने यसका कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit