Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

अटो क्षेत्रको नयाँ अनुहार, रणनीति र सम्भावनाका साथ निशान ढकाल!

अटो क्षेत्रको नयाँ अनुहार, रणनीति र सम्भावनाका साथ निशान ढकाल!
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालको अटोमोबाइल उद्योगमा पछिल्लो समय निकै चहलपहल देखिन थालेको छ। यो क्षेत्रको एक उदाउँदो अनुहार हुन् – निशान ढकाल, जो अहिले आइएमई मोटर्स का कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। युवा उमेरमै व्यवस्थापनको सर्वोच्च तहमा पुगेका ढकाल नेपालमा नयाँ पुस्ताका प्रगतिशील र प्राविधिक दृष्टिकोण बोकेका व्यवसायी मध्ये एक मानिन्छन्।

विज्ञापन
Advertisement
Advertisement

बेलायतको वेस्टमिनिस्टर युनिभर्सिटी र अमेरिकाको हल्ट बिजनेस स्कुलबाट उच्च शिक्षा लिएका उनले हाल नेपालमै द–ब्रिटिश कलेजबाट एमबीए गरेका छन्। २३ वर्षको उमेरमा नै उनले आईएमई ग्रुपको अटोमोबाइल डिभिजन सम्हाल्ने जिम्मेवारी पाएका थिए। वित्तीय क्षेत्रमा बलियो पहिचान बनाएको आईएमई ग्रुपको लागि अटोमोबाइल क्षेत्र नयाँ भए पनि ढकालले यो व्यवसायलाई सशक्त बनाउने चुनौती अंगालेका छन्।

अशोक लेल्यान्डको नेतृत्वमा बजार विस्तार
आइएमई मोटर्स हाल अशोक लेल्यान्ड का बस, ट्रक, टिपर,  पिकअपदेखि लिएर एस्कट्र्स हेभी इक्विपमेन्ट र नयाँ इलेक्ट्रिक स्कुटर समेतको बिक्री–वितरण गर्दै आइरहेको छ। अशोक लेल्यान्ड ब्रान्डले बजार हिस्साको आधारमा नेपालमा दोस्रो स्थान बनाइराखेको छ। ढकालका अनुसार, हालसम्म पाँच सयभन्दा बढी युनिट गाडी यो आर्थिक वर्षमा भित्र्याइएको छ।

कोभिडपछिको अटाे अवस्थाबा उनी भन्छन्, ‘छोटो दूरीका यात्राका लागि बसको माग बढेको हो, तर ट्रक र टिप्परजस्ता ठूला सवारी अझै उतिकै गतिमा अघि बढ्न सकेका छैनन्। विकास निर्माण क्षेत्र चलायमान नभएकै कारण त्यसको असर अटो उद्योगमा पनि परेको छ।’

प्रतिस्पर्धा र नेतृत्व दुवैको अभ्यास
ढकाल अटोमोबाइल क्षेत्रमा प्रतिस्पर्धालाई अवसरका रूपमा हेर्छन्। उनी भन्छन्, ‘प्रतिस्पर्धाले ग्राहक र बिक्रेता दुवैलाई सजग बनाउँछ। मलाई अटो क्षेत्रमा रुचि छ, यसैले काम गरिरहेछु जस्तो लाग्दैन, बरु सिकाइको क्रम चलिरहेको छ।’ नाडा (नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन) मा समेत सक्रिय सहभागिता जनाउँदै आएका उनी अनुभव र सम्बन्ध निर्माणका माध्यमबाट व्यवसाय सशक्त बनाउन क्रियाशील छन्। आइएमई मोटर्सले ग्राहकलाई ‘टोटल कस्ट अफ अपरेसन’ को अवधारणामा ध्यान दिँदै उत्कृष्ट सेवा दिने रणनीति लिएको छ। ढकाल भन्छन्, ‘पार्टपूर्जामा क्वालिटीमा कुनै सम्झौता हुँदैन। प्रिमियम चार्ज भनेको त्यसकै मूल्य हो। हामीले देशभर १६ स्थानमा सेवा केन्द्र विस्तार गरिसकेका छौं र अब हरेक १०० किलोमिटरमा सेवा पूर्वाधार बनाउने लक्ष्य लिएका छौं।’

ईभी -सवारीप्रति ढकाल बजार र प्रविधिको गति हेरेर अगाडि   बढ्नुपर्ने बताउँछन्  । उनी भन्छन्, ‘साना सवारीको विद्युतीकरण भइसकेको छ, ठूला सवारी पनि त्यसतर्फ गइरहेका छन्। हामीले साना बस र माइक्रोमा विद्युतीकरणको काम सुरु गरिसकेका छौं।’

चार्जिङ स्टेशनको आवश्यकता बुझ्दै आइएमई मोटर्स आफ्नो वा साझेदारीमा स्टेशन स्थापना गर्ने तयारीमा छ। ‘नीति स्पष्ट भए सबैलाई सजिलो हुन्छ,’ उनी जोड दिन्छन्।

युवा नेतृत्वबारे ढकाल..

युवा नेतृत्वको महत्वबारे ढकाल भन्छन्, ‘युवामा सिर्जनात्मकता र प्रविधिको राम्रो समझ हुन्छ। चुनौती त सबै ठाउँमा हुन्छ, तर हामीले त्यसलाई अवसरको रूपमा लिने हो।’ अटोमोबाइल्स जस्तो प्रविधिमैत्री क्षेत्रले युवालाई ठूलो अवसर दिने उनको विश्वास छ।

अहिले आइएमई मोटर्सले देशभर २७० जनालाई रोजगारी दिइरहेको छ। निशान ढकालको रणनीति, सोच र समर्पणले यो संस्था अटोमोबाइल बजारमा अझ बलियो स्थान बनाउन अगाडि बढेको छ । नेपालको अटो उद्योगमा विद्युतीकरण, सेवा सुदृढीकरण र ब्रान्ड भ्याल्यू वृद्धिको अभियानमा उनी युवा पुस्ताको सफल प्रतिनिधि बनेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

संचालक सम्पादक

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit