Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको  माग

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको  माग
विज्ञापन
Advertisement

काठमाडौं। विश्व बजारमा कच्चा तेलको आपूर्ति असहज भएसँगै मूल्यमा भएको अस्वाभाविक वृद्धिको प्रभाव नेपालमा पनि देखिएको छ। यही क्रममा नेपाल आयल निगमले २०८३ वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य बढाएपछि यातायात क्षेत्र प्रभावित बनेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल ट्रक यातायात व्यवसायी महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै डिजेलको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा पर्ने भएकाले भाडादर समायोजन अपरिहार्य भएको हो।

महासंघले यातायात व्यवस्था विभागसँग भएको सहमतिअनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ प्रतिशतभन्दा बढी तलमाथि हुँदा भाडादर स्वचालित रूपमा समायोजन हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेको छ। इन्धनको मूल्य घट्दा भाडा घट्ने र बढ्दा भाडा बढ्ने वैज्ञानिक प्रणाली लागू नभएको गुनासो पनि महासंघले गरेको छ।
विज्ञप्तिमा पछिल्ला दुई पटकको मूल्यवृद्धिबाट डिजेलमा कुल ५ रुपैयाँ ५१ पैसासम्म वृद्धि भएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानो भाडादरमा सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारिएको छ। महासंघले चैत २५ गते कायम गरिएको भाडादरलाई वैशाख २ गतेको मूल्यवृद्धिअनुसार पुनः समायोजन गर्न सरकारसँग आग्रह गरेको महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले बताए ।
त्यसैगरी, महासंघले पेट्रोलियम पदार्थमा लगाइएका अतिरिक्त कर हटाई मूल्य घटाउन, साथै खपत घटाउन सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न पनि सरकारसँग अनुरोध गरेको छ। रातारात इन्धनको मूल्य बढ्ने तर भाडा समायोजनमा ढिलाइ हुने प्रवृत्तिले व्यवसायी मारमा परेको भन्दै तत्काल समाधान खोज्न दबाब दिएको छ।
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit