Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनएमएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

एनएमएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन समितिका अनुसार संघको १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि उपत्यकाबाहिर आज शुक्रबार र भोलि शनिबार मतदान हुँदैछ । काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदान हुनेछ। मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिनेछ ।

निर्वाचनमा डा. बद्री रिजाल, डा.मंगल रावल र डा.नारायण भुषाल नेतृत्वका तीन प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । तीन समूहबाट कुल ५५ जना उम्मेदवार चुनावमा सहभागी छन् ।

उपत्यकाबाहिर विराटनगर, धरान, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, जुम्ला, पाल्पा, हेटौंडा, तनहुँ, रौतहट र काभ्रेसहितका स्थानमा मतदान भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit