Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर
विज्ञापन
Advertisement

काठमाडौं । कम तलब र अत्यधिक कामको भारका कारण लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका नर्सहरूका लागि सरकारले राहतको घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले नाइट ड्युटी गर्ने नर्सहरूको तलब दोब्बर बनाउने घोषणा गरेको हो । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रका जनशक्तिको मनोबल बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताएका हुन् ।

सरकारको यो निर्णयले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रातिको समयमा सेवा दिँदै आएका नर्सहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । लामो समयदेखि नर्सहरूले कम पारिश्रमिक, अत्यधिक कार्यचाप र जोखिमपूर्ण कार्य वातावरणबारे आवाज उठाउँदै आएका थिए ।

बजेटमार्फत गरिएको यो घोषणालाई स्वास्थ्यकर्मीको गुनासो सम्बोधन गर्ने सकारात्मक कदमका रूपमा हेरिएको छ ।यसैगरी महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit