Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रविसँग भेटेपछि भारतीय विदेशमन्त्रीले भने– विकास साझेदारी र जन सम्बन्धमा छलफल केन्द्रित थियो

रविसँग भेटेपछि भारतीय विदेशमन्त्रीले भने– विकास साझेदारी र जन सम्बन्धमा छलफल केन्द्रित थियो
विज्ञापन
Advertisement

काठमाडौं । नयाँ दिल्लीमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उक्त भेटवार्ता मंगलबार नयाँ दिल्लीमा सम्पन्न भएको हो ।भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय हित, विकास साझेदारी तथा जनस्तरको सम्बन्धका विविध आयामबारे फलदायी छलफल भएको जनाइएको छ ।

रास्वपा सभापति लामिछानेसँगको भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत खुसी व्यक्त गर्दै लेखेका छन्,‘हाम्रो छलफल भारत–नेपाल विकास साझेदारी र जनता–जनता सम्बन्धमा केन्द्रित थियो । विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यिनीहरूको महत्त्वपूर्ण भूमिका छ।’

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार पाँचदिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका सभापति लामिछानेले मंगलबार नै भाजपाको केन्द्रीय मुख्यालयको समेत भ्रमण गरेका थिए ।

मुख्यालयमा उनले भाजपाका नेता नितिन नविनसँग भेटवार्ता गरी दुई पार्टीबीचको सांगठनिक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनकेन्द्रित राजनीतिक गतिविधिका विषयमा विचार आदानप्रदान गरेका थिए । लामिछानेको उच्चस्तरीय भेटवार्ता जारी रहेको उनको सचिवालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit