Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नर्भिकद्वारा आमाको मुख हेर्ने दिनका अवसरमा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट

नर्भिकद्वारा आमाको मुख हेर्ने दिनका अवसरमा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट
विज्ञापन
Advertisement

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, महिला हेल्थ प्याकेजहरुमा १० प्रतिशत र सबै आइभीएफ प्रक्रियाहरुमा १० प्रतिशत छुट सुविधा सञ्चालनमा ल्याएको हो । आज वैशाख ४ गतेदेखि सुरु भएको यो छुट एक हप्तासम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।

यसैगरी अस्पतालले नयाँ वर्ष २०८३ का अवसरमा आफ्ना ओपीडी प्याकेजहरुमा १० प्रतिशत छुटको सुविधा सञ्चालन गरिरहेको छ । बेसिक मेडिकल प्याकेज, कम्प्रिहेन्सिभ मेडिकल चेक अप, कम्प्रिहेन्सिभ मेडिकल प्याकेज, एक्जिक्युटिभ हेल्थ प्याकेज, गोल्ड हेल्थ प्याकेज, प्लाटिनम हेल्थ प्याकेज ९महिला तथा पुरुष० हरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको हो । वैशाख २ गतेदेखि सुरु भएको यो सुविधा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

स्वास्थ्य सेवा तथा परीक्षण सुविधा लिन फोन नम्बर ०१–५९७००३२ र ९८०२१७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । अस्पतालले विभिन्न अवसरमा आफ्ना स्वास्थ्य सेवा तथा परीक्षणमा छुट योजना सञ्चालन गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit