Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लालीगुराँसले ढाकिएका हम्पाल र कोखेडाँडामा पर्यटकको चहलपहल बढ्दो

लालीगुराँसले ढाकिएका हम्पाल र कोखेडाँडामा पर्यटकको चहलपहल बढ्दो
विज्ञापन
Advertisement

पर्वत । नयाँ वर्षसँगै अनुकूल मौसम र फुलेका लालीगुराँसका कारण पर्वतका उच्च हिमाली गन्तव्यहरूमा पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढेको छ। विशेषगरी कोखेडाँडा र हम्पाल डाँडा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका छन्।

विज्ञापन
Advertisement
Advertisement

मोदी गाउँपालिका–१ झिलिबराङमा अवस्थित कोखेडाँडा समुद्री सतहबाट ३,३०९ मिटर उचाइमा रहेको जिल्लाकै उच्च स्थान हो। यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ भने विभिन्न जिल्लाको भू–दृश्यसमेत प्रस्ट देखिन्छ।

स्थानीय पर्यटन व्यवसायीहरूले कोखेडाँडामा कटेज सञ्चालनमा ल्याएपछि पर्यटक आगमनमा वृद्धि भएको बताइएको छ। हाल यहाँ सीमित आवास सुविधा भए पनि दैनिक सयौँ पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन्।

त्यसैगरी जलजला र मोदी गाउँपालिकाको सङ्गमस्थलमा रहेको हम्पाल डाँडा पनि लालीगुराँसका कारण चर्चित बन्दै गएको छ। करिब ३,३०० मिटर उचाइमा रहेको यस क्षेत्रमा १२ थरिका लालीगुराँस फुल्ने गर्छन्, जसले वसन्त ऋतुमा डाँडालाई रङ्गीबिरङ्गी बनाउँछ।

फागुनदेखि जेठसम्म गुराँस अवलोकन, तस्बिर तथा भिडियो खिच्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको स्थानीय व्यवसायी बताउँछन्। पछिल्लो समय सडक र पदमार्गको पहुँच विस्तार भएपछि यहाँ पुग्न सहज भएको छ।

हम्पाल–कोखेडाँडा क्षेत्र धार्मिक तथा प्राकृतिक दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ। विभिन्न पुराणमा उल्लेखित कालञ्जर भूमिसँग जोडिएको यो क्षेत्र हिन्दू धर्मावलम्बीका लागि पनि आकर्षक तीर्थस्थलका रूपमा विकास भइरहेको छ।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहहरूले पूर्वाधार विकासलाई तीव्र बनाएका छन्। आश्रयस्थल, भ्यू प्वाइन्ट, खानेपानी, शौचालय तथा सडक स्तरोन्नतिलगायतका काम सम्पन्न भइसकेका छन् भने विद्युतीकरणसमेत गरिएको छ।

यस क्षेत्रमा होटल तथा आवास सुविधा विस्तारसँगै दैनिक बुकिङ बढ्दो रहेको व्यवसायीहरूको भनाइ छ। पर्यटकहरू हम्पालमा बसोबासपछि कोखेडाँडा, पुनहिल, घोरेपानी तथा मोहोरेडाँडातर्फ पनि जाने गरेका छन्।

यसैबीच, नेपाल पत्रकार महासंघ पर्वतले हम्पाल, जलजला र कोखेडाँडाको पर्यटन प्रवर्द्धनका लागि दुईदिने पदयात्रा आयोजना गरी सम्भावना र चुनौतीबारे छलफलसमेत गरेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit