Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नयाँ वर्षमा माउन्ट एभरेस्ट डिस्टिलरीका ‘रेड नेचर’ र ‘ब्लु नेचर’ प्रिमियम स्पिरिट सार्वजनिक

नयाँ वर्षमा माउन्ट एभरेस्ट डिस्टिलरीका ‘रेड नेचर’ र ‘ब्लु नेचर’ प्रिमियम स्पिरिट सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा नयाँ वर्ष २०८३ को अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा नयाँ उत्पादन सार्वजनिक गरिएको छ। माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेड ले “Red Nature” र “Blue Nature” नामका 40UP प्रिमियम स्पिरिटहरू बजारमा ल्याउने घोषणा गरेको छ। कम्पनीका अनुसार यी उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभर उपलब्ध हुनेछन्।

विज्ञापन
Advertisement
Advertisement

उच्च गुणस्तरलाई प्राथमिकता दिँदै तयार गरिएको यी प्रिमियम स्पिरिटहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ। आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण “Red Nature” र “Blue Nature” ले प्रिमियम सेग्मेन्टमा नयाँ पहिचान स्थापित गर्ने विश्वास लिइएको छ।

750ML क्षमताको बोतलको एमआरपी रु. १२४० तोकिएको छ। कम्पनीका प्रतिनिधिका अनुसार उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको छ र उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।

नयाँ वर्षको सन्देशसँगै “New Year, Same Circle” भन्ने अवधारणालाई अघि सार्दै कम्पनीले जिम्मेवार उपभोगको सन्देश पनि प्रवाह गरेको छ। “हामीले उपभोक्तालाई गुणस्तरीय विकल्प दिनुका साथै जिम्मेवार पिउने संस्कृतिलाई पनि प्रवर्द्धन गर्न चाहेका छौं,” कम्पनीका अधिकारीले बताएका छन्।

माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आगामी दिनहरूमा पनि यस्तै नवीन र प्रिमियम उत्पादनहरू बजारमा ल्याउने योजना बनाएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit