Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जुम्लामा ९ महिनामा २५ करोडभन्दा बढी राजस्व सङ्कलन, लक्ष्यको ८४ प्रतिशत प्राप्त

जुम्लामा ९ महिनामा २५ करोडभन्दा बढी राजस्व सङ्कलन, लक्ष्यको ८४ प्रतिशत प्राप्त
विज्ञापन
Advertisement

जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको नौ महिनामा २५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

साउनदेखि चैत मसान्तसम्मको अवधिमा कार्यालयले कुल २५ करोड २८ लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो। यो रकम वार्षिक लक्ष्य २९ करोड ३० लाख ७३ हजारको करिब ८४.४० प्रतिशत हो।

कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरे का अनुसार आयकरतर्फ २१ करोड ७३ लाख ९९ हजारको लक्ष्य राखिएकोमा १८ करोड १८ लाख ५७ हजार रुपैयाँ सङ्कलन भएको छ। त्यस्तै भ्याटतर्फ ५ करोड ४० लाख २७ हजारको लक्ष्यमध्ये ५ करोड ३२ लाख ३९ हजार रुपैयाँ अर्थात् ९८.५४ प्रतिशत राजस्व उठाइएको छ।

अन्तशुल्कतर्फ १ करोड ३७ लाख ३ हजारको लक्ष्यमध्ये करिब ७५.७ प्रतिशत राजस्व सङ्कलन भएको छ भने बहालकरतर्फ ८० लाख ११ हजारको लक्ष्यमा ६६.४० प्रतिशत मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ।

राजस्व सङ्कलन वृद्धि गर्न करदातालाई टेलिफोन, एसएमएस तथा प्रत्यक्ष सम्पर्कमार्फत ताकेता गर्ने, कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने र बजार अनुगमनलाई निरन्तरता दिने अभियान सञ्चालन गरिएको जनाइएको छ।

कार्यालयका अनुसार बक्यौता कर असुली, नक्कली बिलबिजक नियन्त्रण तथा कर परीक्षण र अनुसन्धानलाई प्रभावकारी बनाएमा राजस्व सङ्कलन अझै सुधार गर्न सकिनेछ।

हाल कार्यालयमा आयकरतर्फ १६ हजार ९२२, भ्याटतर्फ १ हजार ७१७ र अन्तशुल्कतर्फ ५८२ करदाता दर्ता रहेका छन्। जुम्लासहित मुगु र कालीकोट जिल्लालाई कार्यक्षेत्र बनाएको कार्यालयले स्थानीय तहबाट व्यक्तिगत प्यान जारी गर्ने व्यवस्था कार्यान्वयनमा अझै समस्या रहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit