Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व सङ्कलन
विज्ञापन
Advertisement

अत्तरिया । कैलाली भन्सार कार्यालय धनगढीले ६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व सङ्कलन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ५२ करोड २४ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ ११ करोड ९९ लाख रुपैयाँ र अन्यतर्फ एक अर्ब ३९ करोड पाँच लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयको चालु आर्थिक वर्षमा ९ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६५ दशमलव १५ प्रतिशत रहेको उनले जानकारी दिएका छन्। सूचना अधिकारी तिमिल्सिनाका अनुसार सो अवधिमा चैतबाहेक कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको छैन् ।

साउनमा ७१ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख रुपैयाँ , भदौमा ७४ करोड २१ लाख रुपैयाँ लक्ष्य रहेकामा ५३ करोड ७० लाख र असोजमा ७६ करोड ७७ लाख रुपैयाँ लक्ष्य रहेकामा ६७ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिएका छन् ।

कात्तिकमा ८४ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७२ करोड ५४ रुपैयाँ , मङ्सिरमा ६८ करोड ९१ लाख रुपैयाँ र पुसमा ७४ करोड ६५ लाख रुपैयाँ , माघमा ६८ करोड ८२ लाख रुपैयाँ , फागुनमा ७६ करोड ४४ लाख रुपैयाँ र बाँकी चैतमा राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

कार्यालयको गत आव २०८१र८२ मा ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिएका छन्। उनका अनुसार यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit