Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

४४ खर्ब ६७ अर्ब बढीको धितोपत्र बजारमा पुँजीकरण, ११ अर्ब बराबरको आईपीओ निष्कासन अनुमति

४४ खर्ब ६७ अर्ब बढीको धितोपत्र बजारमा पुँजीकरण, ११ अर्ब बराबरको आईपीओ निष्कासन अनुमति
विज्ञापन
Advertisement

काठमाडौं । २०८२ भदौमसान्तमा धितोपत्र बजार पँुजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार २०८१ भदौमसान्तमा २५८०.७६ रहेको नेप्से सूचकाङ्क २०८२ भदौमसान्तमा २६७२.२५ कायम भएको छ । यस्तै, २०८२ भदौमसान्तमा धितोपत्र बजार पँुजीकरण ४४खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

२०८१ भदौमसान्तमा बजार पुँजीकरण ४१ खर्ब ०३ अर्ब ६२ करोड रहेको थियो । २०८१ भदौमसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७१.८८ प्रतिशत रहेकोमा २०८२ भदौमा ७३.१५ प्रतिशत रहेको छ । यस्तै ०८२ भदौमसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७६ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९४ जलविद्युत्कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन्। ०८१ भदौमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ०८२ भदौमसान्तमा सूचीकृत ८ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण सेयर, १ अर्ब ८३ करोड बराबरको बोनस सेयर, १ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit