Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

१५–१५ दिनमा तलब दिने सरकारी निर्णय

१५–१५ दिनमा तलब दिने सरकारी निर्णय
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। अब कर्मचारीहरूले मासिक एकपटक होइन, महिनामा दुईपटक अर्थात् प्रत्येक १५ दिनमा तलब पाउने भएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयले जारी गरेको निर्देशनअनुसार हालसम्म महिनाको अन्त्यमा एकमुष्ट रूपमा दिइँदै आएको तलब अब अर्धमासिक प्रणालीमार्फत वितरण गरिनेछ। यसका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी अघि बढाउन निर्देशन दिइएको छ।

नयाँ व्यवस्था लागू भएपछि कर्मचारीहरूले आर्थिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। नियमित अन्तरालमा तलब प्राप्त हुँदा दैनिक खर्च व्यवस्थापनमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

हालसम्मको प्रणालीमा कर्मचारीहरूले एकैपटक मासिक तलब बुझ्दै आएका थिए। अब भने उक्त अभ्यास अन्त्य हुँदै महिनामा दुई चरणमा भुक्तानी हुने व्यवस्था कार्यान्वयनमा आउनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit