Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मखनटोलको आगलागी नियन्त्रणमा, एक जनाको मृत्यु

मखनटोलको आगलागी नियन्त्रणमा, एक जनाको मृत्यु
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उनले भने, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । ”

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घरमा समेत आगो सल्केको थियो । दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit