Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
विज्ञापन
Advertisement

काठमाडौं । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन् ।

आगामी २४ घण्टा काठमाडौं उपत्यकाका साथै आसपासका सबै क्षेत्रमा वर्षा हुने उनको भनाइ छ । तर, निरन्तर वर्षा भने नहुने उनले जानकारी दिइन् ।

आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एक/दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit