Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

पश्चिम एशिया द्वन्द्वको असर, नेपालको पर्यटन क्षेत्रमा गिरावट

पश्चिम एशिया द्वन्द्वको असर, नेपालको पर्यटन क्षेत्रमा गिरावट
विज्ञापन
Advertisement

काठमाडौं । पश्चिम एशियामा केही हप्तादेखि बढ्दो भू–राजनीतिक तनावका कारण नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिएको छ। पर्यटकीय सिजन सुरु भए पनि विदेशी पर्यटकको आगमन अपेक्षाअनुसार हुन सकेको छैन।

विज्ञापन
Advertisement
Advertisement

नेपाल एशोसियसन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स का पूर्वअध्यक्ष सिएन पाण्डेले पश्चिम एशियाको द्वन्द्वका कारण संयुक्त अरब इमिरेट्स, कतार र टर्की जस्ता ट्रान्जिट केन्द्रमा तनाव बढ्दा उडान अनिश्चित भई पर्यटकको सङ्ख्या घटेको बताउँछन्।

द्वन्द्वका कारण हवाई इन्धनको मूल्य बढ्नुका साथै उडान मार्ग लम्बिनु र झन्झटिलो ट्रान्जिटका कारण टिकट दर महँगो भएको छ। यसले गर्दा धेरै पर्यटकले भ्रमण योजना स्थगित गरेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ पर्यटक नेपाल आएका थिए भने सन् २०२६ को सोही महिनामा यो सङ्ख्या घटेर एक लाख २० हजार ५१६ पुगेको छ। यद्यपि वर्षको सुरुआती महिनामा केही सुधार देखिए पनि पछिल्लो अवस्थाले चिन्ता बढाएको छ।क्याथे प्यासिफिक एयरलाइन्स नेपालकी प्रमुख जुनु मलेखुले इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा उल्लेखनीय रूपमा बढेको र अत्यावश्यक बाहेकका यात्रुहरूले टिकट रद्द गर्न थालेको बताउँछिन्।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य कुमारमणि थपलियाले हवाई भाडा वृद्धिको प्रभाव दीर्घकालीन हुन सक्ने र यसले पर्यटन पुनरुत्थानमा चुनौती थप्ने संकेत गरेको बताउँछन्।
ठमेलस्थित रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुयाँलका अनुसार पर्यटकीय सिजनकै बेला होटल बुकिङ धमाधम रद्द हुँदा व्यवसायीहरू प्रभावित भएका छन्। इन्धन मूल्यवृद्धिले सञ्चालन लागतसमेत बढाएको उनी बताउँछन्।

त्यस्तै ठमेल पर्यटन विकास परिषद् का उपाध्यक्ष सहदेव ९विमल० धमलाका अनुसार यस वर्ष ठमेल क्षेत्रमा पर्यटकको उपस्थिति घटेको छ र होटलहरूको अकुपेन्सी ५०–६० प्रतिशतमा सीमित भएको छ। मार्च, अप्रिल र मेलाई नेपालको मुख्य पर्यटकीय सिजन मानिन्छ। तर पश्चिम एशियाको तनावका कारण उडान, लागत र यात्रु मनोविज्ञानमा आएको परिवर्तनले पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit