Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्कुलको थालबाट सुरु हुने परिवर्तन

स्कुलको थालबाट सुरु हुने परिवर्तन
विज्ञापन
Advertisement

काठमाडाैं।  नेपालमा कुपोषणको समस्या अब केवल दुर्गम भेगको कथा मात्र रहेन। शहरका विद्यालयहरूमा पनि बालबालिकाको खानपानले नयाँ चिन्ता जन्माइरहेको छ। एकातिर खाद्यान्नको अभावले पोषण संकट छ भने अर्कोतिर जंक फुडको बढ्दो प्रयोगले मोटोपना, रक्तअल्पता र सूक्ष्म पोषक तत्वको कमी जस्ता समस्या देखिन थालेका छन्। यही विरोधाभासलाई नजिकबाट देखेपछि डा. अतुल उपाध्याय मनमा प्रश्न उठ्यो, यदि बजारमै सस्तो, सजिलो र पोषणयुक्त खाना उपलब्ध गराउन सकियो भने के परिवर्तन सम्भव हुँदैन?

विज्ञापन
Advertisement
Advertisement

यही प्रश्नबाट सुरु भएको सोच आज एउटा व्यावहारिक पहलमा रूपान्तरण हुँदैछ, जसले विद्यालयको थालबाटै परिवर्तन ल्याउने लक्ष्य राखेका छन् ।
विरोधाभासले जन्माएको सोच
नेपालका विभिन्न प्रदेशमा काम गबर्ने क्रममा उनले एउटा गहिरो यथार्थ देखे। मधेश प्रदेशमा खाद्यान्न प्रशस्त भए पनि कुपोषण उच्च थियो। अर्कोतर्फ कर्णाली र सुदूरपश्चिममा खाद्यान्न अभावकै कारण कुपोषण देखिनु स्वाभाविक थियो। तर समस्या यतिमै सीमित थिएन। त्यसलाई कसरी सफल बनाउन सकिन्छ ध्यान उतैतिर मोडियो, जंग फूड खाएर स्कुल धाइरहेका बालबालिकालाई कसरी गुणस्तरीय खाजा खुवाउन सकिन्छ, आज स्वयम् अतुल यी प्रश्नबाट बाहिर निस्केर त्यसलाई आफ्नो गुण र क्षमलाई एकपटक प्रयासको चरणमा छन् ।

काठमाडौंमा गरिएको एक अध्ययनले अर्को पक्ष उजागर ग¥यो बालबालिकाको खाजामा चाउचाउ, बिस्कुट, चिजबल र रंगीन पेय पदार्थको अत्यधिक प्रयोग। यसको असर उनीहरूको शारीरिक अवस्थामै देखिन थालेको थियो। मोटोपना बढ्दो थियो, तर त्यहीँभित्र पोषणको कमी पनि लुकेको थियो।
जब अभिभावकसँग कारण सोधियो, उत्तर सरल तर गम्भीर थियो ‘हामीलाई थाहा छ यी खाना राम्रो होइनन्, तर सस्तो, सजिलो र बच्चाले मन पराउने विकल्प यही हो।’ यही यथार्थले एउटा स्पष्ट सन्देश दियो—समस्या ज्ञानको होइन, विकल्पको अभावको हो।
अनुसन्धानको बाटो हुँदै उत्पादनसम्म
समाधान खोज्ने प्रयासमा उनले हतार गरेनन्। कम्पनी स्थापना गरेपछि तुरुन्त उत्पादनमा जानुभन्दा पहिले करिब दुई वर्ष अनुसन्धानमा बिताइयो। राष्ट्रिय खाद्य अनुसन्धान केन्द्रसँग सहकार्य गर्दै विभिन्न प्रकारका खाद्य पदार्थ विकास गरिए।

यी उत्पादनहरू सिधै बजारमा नल्याई विभिन्न विद्यालयमा परीक्षण गरियो। बालबालिकालाई खुवाएर उनीहरूको प्रतिक्रिया बुझियो। क्यान्टिनमा पकाउनेलाई सजिलो छ कि छैन, स्वाद कस्तो लाग्छ, कुनै गुनासो आउँछ कि आउँदैन । यी सबै पक्षलाई ध्यानपूर्वक अध्ययन गरियो। यो प्रक्रिया केवल उत्पादन बनाउने होइन, प्रयोगयोग्य र स्वीकार्य बनाउने यात्रा थियो।

पोषण र परम्पराको संगम
यी उत्पादनहरूको मूल विशेषता भनेको केवल पेट भर्ने होइन, शरीरलाई आवश्यक पोषण पु¥याउने हो। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार मानेर भिटामिन र मिनरल्सको मात्रा निर्धारण गरिन्छ। स्विट्जरल्याण्डको ‘डिएसएम’ कम्पनीसँग सहकार्य गरी गुणस्तरीय पोषण तत्व थपिन्छ।
तर यससँगै परम्परागत ज्ञानलाई पनि त्यागिएको छैन। दालको बोक्रा हटाउने प्रचलनलाई परिवर्तन गर्दै त्यसलाई यथावत् राखिएको छ, ताकि फाइबर र अन्य पोषक तत्वहरू जोगिन सकून्। कोदो, फापर जस्ता स्थानीय अन्नलाई प्राथमिकतामा राखिएको छ। यसरी आधुनिक विज्ञान र परम्परागत ज्ञानको संयोजनबाट उत्पादन तयार गरिएको छ।

सजिलो, सस्तो र व्यवहारिक समाधान
यी खाद्य पदार्थको अर्को विशेषता यसको प्रयोगमा सहजता हो। विद्यालयमा १०–१५ मिनेटमै तातो पानी प्रयोग गरेर तयार गर्न सकिन्छ। केही उत्पादन त पानीमा घोलेरै खान मिल्ने छन्। यसले विद्यालयका क्यान्टिनमा काम गर्नेहरूलाई पनि सहज बनाउँछ। तर सबैभन्दा महत्वपूर्ण कुरा यसको मूल्य हो। प्रति बालबालिका २० रुपैयाँको सीमाभित्र पोषणयुक्त खाना उपलब्ध गराउने लक्ष्यसहित उत्पादन विकास गरिएको छ। ठूलो मात्रामा उत्पादन गर्दा लागत घट्ने भएकाले यो सम्भव भएको हो।

स्कुलमै किन केन्द्रित

एउटा बालबालिकाले वर्षमा करिब १८० पटक विद्यालयमा खाना खान्छ। यदि यही ठाउँमा पोषणयुक्त विकल्प उपलब्ध गराउन सकियो भने त्यसको प्रभाव दीर्घकालीन हुन्छ।
यही कारणले कम्पनीले सुरुवातमा खुद्रा बजारभन्दा विद्यालयमै ध्यान केन्द्रित गरेको छ। अहिले काठमाडौं उपत्यकाका केही निजी विद्यालयहरूमा परीक्षणको रूपमा उत्पादन प्रयोग भइरहेको छ। सरकारी विद्यालयमा विस्तार गर्न प्रक्रिया केही जटिल भए पनि आगामी शैक्षिक सत्रसँगै विस्तार गर्ने योजना बनाइएको छ।

कृषि, उद्योग र रोजगारीको सम्बन्ध
यो पहल केवल खाद्य उत्पादनमा सीमित छैन। यसले कृषिसँग प्रत्यक्ष सम्बन्ध जोड्ने प्रयास पनि गरिरहेको छ। स्थानीय किसानबाट कोदो, फापर जस्ता अन्न खरिद गर्ने, उत्पादनको सुनिश्चितता दिने र ग्रामीण क्षेत्रमा सानो प्रशोधन केन्द्र स्थापना गर्ने योजना बनाइएको छ। यसले एकातिर उद्योगलाई आवश्यक कच्चा पदार्थ सुनिश्चित गर्छ भने अर्कोतिर किसानलाई बजार र रोजगारी प्रदान गर्छ। स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने सम्भावना यसमा देखिन्छ।

प्रविधिसँग जोडिएको भविष्य

यो प्रयासले प्रविधिलाई पनि सँगै अघि बढाइरहेको छ। कृत्रिम बुद्धिमत्ता ‘एआई’ प्रयोग गरेर पोषण मूल्य जाँच गर्ने, ब्लकचेनमार्फत खाद्यको स्रोत ट्र्याक गर्ने र उपभोक्ताले लेबल स्क्यान गरेर खाद्यको गुणस्तर थाहा पाउने प्रणाली विकास भइरहेका छन्। यसले कुन खाद्य कहाँबाट आयो? भन्ने प्रश्नलाई स्पष्ट बनाउनेछ र उपभोक्तामा विश्वास बढाउनेछ।

स्थानीयदेखि दक्षिण एशियासम्मको यात्रा
हाल कम्पनी सानो स्तरमा भए पनि लक्ष्य ठूलो छ। नेपालभर विस्तार गर्दै २०३० सम्म बंगलादेश, पाकिस्तान र अफगानिस्तानसम्म पुग्ने योजना बनाइएको छ। यसले एउटा सन्देश दिन्छ । नेपालमा बनेका उत्पादनहरू पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम छन्, यदि गुणस्तर र दृष्टिकोण स्पष्ट छ।

 

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

संचालक सम्पादक

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit