Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सूर्य नेपाल एनपिजिए म्याच प्ले जारी; साबिक विजेता निरज र टंक फाइनलमा

सूर्य नेपाल एनपिजिए म्याच प्ले जारी; साबिक विजेता निरज र टंक फाइनलमा
विज्ञापन
Advertisement

काठमाडौ: साबिक विजेता निरज तामाङ र टंक बहादुर कार्की सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता ‘सूर्य नेपाल एनपिजिए म्याच प्ले’को फाइनलमा प्रवेश गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

रोयल नेपाल गल्फ क्लबमा आज भएको सेमिफाइनलमा नेपाल नम्बर एक निरजले चौथो वरियताका सञ्जय लामालाई सहजै ६/५ ले पराजित गरे। नवौं होलको समाप्तिमा निरजसँग दुई होलको अग्रता थियो। त्यसपछि दशौं, एघारौँ, बाह्रौं र तेह्रौं होल लगातार जित्दै निरजले खेल सहजै आफ्नो पक्षमा पारे। निरजले सेमिफाइनलमा तेह्रौं होलमै जित निकालेका थिए। उनले क्वाटरफाइनलमा नवौं वरियताका रामे मगरलाई २/१ ले हराएका थिए।

अर्को सेमिफाइनलमा १०औं वरियताका टंक बहादुर कार्कीले छैटौं वरियताका अनुभवी रवि खड्कालाई ३/२ ले पराजित गर्दै पहिलो पटक म्याच प्लेको फाइनलमा स्थान बनाए। नौ होलको समाप्तिमा टंकले तीन होलको अग्रता बनाएका थिए। त्यसपछि रविले दशौं र एघारौँ होल जित्दै अन्तर एक होलमा झारे। तर पुनः टंक खेलमा हाबी हुँदै १६औं होलमा जित सुनिश्चित गरे।

यसअघि टंकले क्वाटरफाइनलमा दोस्रो वरियताका भुवन नगरकोटीलाई २/१ ले हराएका थिए। भुवन लगातार चौथो उपाधि जित्ने दाउमा थिए, जसलाई टंकले पूरा हुन दिएनन्।

उपाधिका लागि निरज र टंकबीच भोलि ३६ होलको प्रतिस्पर्धा हुनेछ। यस्तै तेस्रो स्थानका लागि रवि र सञ्जयबीच १८ होलको खेल हुनेछ।

आजै भएको अन्य क्वाटरफाइनलमा रविले तेस्रो वरियताका दिनेश प्रजापतिलाई प्लेअफको पहिलो होलमा हराएका थिए। त्यस्तै, अर्को क्वाटरफाइनलमा सञ्जय लामाले पाँचौं वरियताका जयराम श्रेष्ठलाई १/० ले पराजित गरेका थिए।

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ खेलाडीले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख २५ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमशः ७५ हजार, ५६ हजार र ४२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै क्वाटरफाइनल पुग्ने खेलाडीहरू रामे, जयराम, दिनेश र भुवनले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। पहिलो चरणबाट बाहिरिएका सूर्य प्रसाद शर्मा, भुवन कुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit