Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्ववियु चुनावमा तोकियो २८ वर्षे उमेरहद

स्ववियु चुनावमा तोकियो २८ वर्षे उमेरहद
विज्ञापन
Advertisement

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा २८ वर्ष उमेर हद लगाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले उक्त निर्वाचनमा उमेरहद लगाएको हो। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदै छ ।

त्रिवि कार्यकारी परिषद्ले जारी गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०८१ मा उम्मेदवारी मनोनयन पत्र दाखिला गर्ने दिन २८ वर्ष नपुगेको र मतदाता सूचीमा नाम भएको व्यक्तिले मात्र स्ववियु कार्य समितिको कुनै एक पदको पदाधिकारी वा सदस्यको लागि उम्मेदवारी दिन सक्ने उल्लेख छ।

‘ चैत्र ५ गते हुने निर्वाचनमा उम्मेदवारी दाखिला मिति २०८१र११र२७ भएमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २०५३र११र२८ वा सोभन्दा पछिको जन्म मिति भएको विद्यार्थीहरूले उम्मेदवारी दिन पाउने छन्,’निर्देशिकामा उल्लेख छ।

त्रिवि कार्यकारी परिषद्ले यी सँगै अन्य उम्मेदवारहरूको योग्यता समेत तोकेको छ। सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् ।

‘कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थीहरू निर्वाचनको कुनै पनि प्रकृयामा सहभागी हुन पाउने छैनन्, प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीहरू मतदाता नामावलीमा समावेश गरिने छैन,’ निर्देशिकाको दफा ६ को मतदाता नामावली र उमेदवारको योग्यतासम्बन्धी व्यवस्थामा उल्लेख छ ।

प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश नगरिने निर्देशिकामा उल्लेख छ।

स्नातकोत्तर तह प्रथम सेमेष्टर, स्नातक तह प्रथम सेमेष्टर र स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी शिक्षाध्यक्ष तथा डीन कायर्यालयबाट सुचना जारी गरी तोकिएको मिति सम्म भर्ना भएका विद्यार्थीहरुले मात्र मतदान गर्न पाउँछन् । यस्तै, अन्य सेमेष्टर र वर्षमा अध्ययन गर्ने विद्यार्थीको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा पाँच दिन अघिसम्म नियमानुसार भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गरिने निर्देशिकामा भनिएको छ ।

आगामी चैत ५ गते स्ववियु निर्वाचन मिति तोकिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit