Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपाल बार एसोसिएसन चुनावः प्रजातान्त्रिक खेमामा वरिष्ठ अधिवक्ता खनालको मात्र दावेदारी

नेपाल बार एसोसिएसन चुनावः प्रजातान्त्रिक खेमामा वरिष्ठ अधिवक्ता खनालको मात्र दावेदारी
विज्ञापन
Advertisement

काठमाडौं । आगामी चैत्र २३ गतेबाट शुरु हुने नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संस्था डिएलएभित्र एक जनाको मात्र उम्मेदवारी परेको छ । उम्मेदवारीको टुंगो लगाउनु केही घण्टा अघि मंगलबार दिउँसो दुई बजेसम्म वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र अध्यक्ष पदमा दाबेदारी पेश गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बारले बिहीबार उम्मेदवारी दर्ताको समय तोकेको छ । बारभित्र यसअघि जस्तै प्रगतिशिल र प्रजातान्त्रिक गरी दुई खेमा देखिएका छन् । प्रजातान्त्रिक खेमाभित्र हालसम्म खनालको मात्र दावेदारी परेकाले उनको सम्भावना प्रबल देखिएको छ । वरिष्ठ अधिवक्ता खनाल यसअघि डिएलएको अध्यक्ष रहिसकेका छन् ।

खनाल यसअघिका बार अधिवेशनमा समेत अध्यक्षका लागि संगठनभित्र दावेदार मानिएका थिए । उनले यो पटक संगठनभित्रैबाट दबाब आएकाले आफू मैदानमा उत्रन लागेको बताए । डिएलएका अनुसार संगठनले मंगलबार साँझ उम्मेदवारको नाम टुंगो लगाउनेछ । अरु कसैको दावेदारी नपरेमा खनाल नै उम्मेदवार हुने डिएलए निर्वाचन तयारी समितिका एक सदस्यले बताए । त्यसबाहेक अरु आकांक्षीले उम्मेदवारीको दिएमा सहमतिमै नाम तय गर्ने संगठनले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit