Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कल्पवृक्ष विल्डर्स र इन्कोन प्रालिका थप दुई सञ्चालक पक्राउ

कल्पवृक्ष विल्डर्स र इन्कोन प्रालिका थप दुई सञ्चालक पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ (ई–बिडिङ) प्रणालीमा ह्याक गरेर ठेक्काको विवरण हेरफेर गरेको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार साँझ कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिका लेखापाल एवं शेयरधनी स्वदेश पोखरेललाई पक्राउ गरेको हो। ढुङ्गानालाई बालाजु र पोखरेललाई पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।

उनीहरुले सरकारी ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअगावै आर्थिक प्रस्तावको ‘डकुमेन्ट’ परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले दुवै जनामाथि सङ्गठित अपराध विवरण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए । यसअघि सोही कसुरमा शुक्रबार कालिका कन्ट्रक्सनका सञ्चालक एवं राप्रपा नेता विक्रम पाण्डे र भीषण कन्ट्रक्सनका टङ्ककुमार श्रेष्ठ पक्राउ परेका थिए । हालसम्म उक्त मुद्दामा नौ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit