काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनका लागि सरगर्मी बढेको छ।
शुक्रबार (जेठ २९) गते हुने निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै आफ्नो नेतृत्वमा पूर्ण प्यानल घोषणा गरेका छन्।
लगानीमैत्री नीति निर्माणका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने मुख्य उद्देश्यसहित खतिवडा समूह चुनावी मैदानमा उत्रिएको हो।
खतिवडा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उठेका खतिवडा वर्तमान महासचिव हुन् । यसैगरी, उपाध्यक्षमा भरत बहादुर खत्री (वर्तमान उपाध्यक्ष), भरत प्रसाद नेपाल (वर्तमान सचिव), कुमार खरेल, ई. दिपक पौडेल र महिला उपाध्यक्षमा सिर्जना खड्का रहेका छन् । वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल खतिवडाको प्यानलबाट महासचिव पदमा उठेका छन् ।
सचिवहरूमा कृष्ण प्रसाद घिमिरे, तारा बहादुर इस्बो लिम्बु, ई. बिरेन्द्र बहादुर मल्ल , महिला सचिवमा संगीता धमला, इशा श्रेष्ठ र कोषाध्यक्षमा ई. मिथुन पौडेल उम्मेदवार छन् ।
यसैगरी, सदस्य पदका लागि खतिवडा प्यानलले विभिन्न प्रतिष्ठित ऊर्जा समूह सम्बद्ध व्यवसायीहरूलाई अघि सारेको छ । जसमा सोमनाथ कडेल, डा. भुषण गुरागाई, सन्तोष राज नेपाल, मिलन खड्का, जगदिश शिवाकोटी सि.ए. नारायण कडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदिप ओली रहेका छन् । खतिवडा समूहले ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण र संस्थागत सुधारलाई मुख्य एजेन्डा बनाएको छ।
इप्पानलाई ऊर्जा उद्यमीहरूको साझा छाता संस्था बनाउन सबै प्रवर्द्धक कम्पनीहरूलाई समेट्ने गरी देशव्यापी अभियान चलाइने, ऊर्जा, कानुन, अर्थशास्त्र र वातावरण क्षेत्रका विज्ञहरू सम्मिलित समिति र उपसमितिहरू गठन गरी सचिवालयलाई व्यवस्थित बनाइने तथा उद्यमीहरूको क्षमता विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारहरू आयोजना गर्ने, आगामी ३ वर्षभित्र इप्पानको आफ्नै कार्यालय भवन निर्माण वा खरिद गर्ने लगायतका संस्थागत सुधारका एजेण्डालाई यो समुहले समेटेको छ ।
लगानीमैत्री नीति निर्माणका लागि अध्ययन अनुसन्धान गरी त्यसको कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता पनि यस प्यानलले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्