Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इप्पान उपाध्यक्षमा युवा ऊर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा

इप्पान उपाध्यक्षमा युवा ऊर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को शुक्रबार (जेठ २९) गते हुने निर्वाचनका लागि युवा ऊर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी वरिष्ठ उपाध्यक्षका प्रत्यासी उत्तम भ्लो लामाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

इप्पानका वर्तमान कोषाध्यक्ष समेत रहेका पन्त ऊर्जा र निर्माण क्षेत्रमा २० वर्षभन्दा लामो अनुभव भएका व्यवसायी हुन्। उनी २२.५ मेगावाटका ठूलो खोला हाइड्रोपावर लिमिटेड तथा देव ग्रुपका अध्यक्ष हुनुका साथै नेपाल चेम्बर अफ कमर्सको ऊर्जा समितिका सभापति समेत हुन्। उनको नेतृत्वमा युनाइटेड मोदी, टक्सार पिखुवाखोला र युनाइटेड मेवा जस्ता जलविद्युत आयोजनाहरू निर्माण भई विद्युत उत्पादन भइरहेको छ भने ६ सय मेगावाटभन्दा बढीका विभिन्न आयोजनामा उनको लगानी रहेको छ।

ऊर्जा उत्पादकहरूले भोग्दै आएका समस्या समाधान गर्ने योजनासहित मैदानमा उत्रिएका पन्तले आगामी दिनमा ऊर्जा क्षेत्रले नै देशको विकास गर्ने दाबी गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit