Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन हुने निश्चित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आज पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई दलको नेता बनाउने निर्णय गरेको हो। यस निर्णयलाई अब बस्ने संसदीय दलको बैठकले औपचारिक रूपमा अनुमोदन गर्ने तयारी छ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले सर्वसम्मत रूपमा दलको नेता चयन गर्न लागेको यो पहिलो पटक हो । संसदीय दलको नेता चयनका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठित कार्यदलले आङ्देम्बेको नाममा सहमति जुटाएको थियो । पार्टीभित्र एकताको सन्देश दिन र सबै पक्षलाई समेट्न आङ्देम्बे उपयुक्त पात्र भएको निष्कर्ष कार्यदलले निकालेको छ।

सुरुमा आङ्देम्बेसँगै अर्जुननरसिंह केसी र मोहन आचार्य पनि दलको नेताका लागि दाबेदार थिए। तर, सहमतिको वातावरण बनाउन अन्य दाबेदार पछि हटेपछि आङ्देम्बेका लागि बाटो खुला भएको हो।

आङ्देम्बे समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन्। उनी पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। ३८ सदस्यीय संसदीय दलमा आङ्देम्बेलाई देउवा र शेखर कोइराला दुवै पक्षका नेताहरूको साथ रहेको दाबी गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit