Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

आठ वर्षपछि बेलायतका प्रधानमन्त्री चीन भ्रमणमा, सम्बन्ध सुधार गर्दै व्यापार विस्तारको रणनीतिमा स्टार्मर

आठ वर्षपछि बेलायतका प्रधानमन्त्री चीन भ्रमणमा, सम्बन्ध सुधार गर्दै व्यापार विस्तारको रणनीतिमा स्टार्मर
विज्ञापन
Advertisement

बेइजिङ । बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिइए पनि विश्व व्यवस्थामा आएको उतारचढाव दुवै नेताको छलफलको केन्द्रमा रहेको देखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बेइजिङस्थित ग्रेट हल अफ द पिपलमामा भएको दुईबीचको भेटमा बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग जलवायु परिवर्तन र विश्वव्यापी स्थिरताजस्ता चुनौतीपूर्ण विषयमा सहकार्य गर्दै सम्बन्धलाई मजबुत बनाउनु आवश्यक रहेको बताए । बेलायत–चीन सम्बन्ध पछिल्ला वर्षहरूमा जासुसी आरोप, युक्रेन युद्धमा रुसप्रति चीनको समर्थन र हङकङमा स्वतन्त्रतामाथि लगाइएको नियन्त्रणका कारण तनावग्रस्त बनेको थियो। तर, आठ वर्षपछि बेलायती प्रधानमन्त्री स्टार्मर चीन भ्रमणमा छन् ।

राष्ट्रपति सीले विगतका वर्षहरूमा सम्बन्धमा अवरोध आएको स्वीकार गर्दै वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा शान्ति र स्थिरताका लागि वार्ता र सहकार्य सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे । उनले राष्ट्रिय सुरक्षा र मानव अधिकारसम्बन्धी चिन्ताबीच चीनसँग संवाद अघि बढाउन स्टार्मरले सामना गर्नुपरेको आलोचनालाई पनि सङ्केत गरे ।

प्रधानमन्त्री स्टार्मरले चीनसँग कूटनीतिक संवाद र आर्थिक सहकार्य कायम राख्दै राष्ट्रिय सुरक्षाको रक्षा गर्ने नीति अपनाएको स्पष्ट पारे । उनले सरकारमा आएपछि बेलायतलाई अन्तर्राष्ट्रिय रूपमा पुनः सक्रिय बनाउने वाचा गरेको स्मरण गराउँदै विदेशमा हुने घटनाले घरेलु अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे । आर्थिक वृद्धि र जीवनयापन लागतको दबाब सामना गरिरहेको बेलायती सरकारले चीनमा व्यापारिक अवसर विस्तार गर्न खोजेको छ । यसै क्रममा स्टार्मरको भ्रमणमा ५० भन्दा बढी शीर्ष व्यापारीहरू सहभागी भएका छन् ।

ट्रम्पको नेतृत्वमा विश्वव्यापी व्यापारमा आएको अवरोधका कारण धेरै मुलुक नयाँ साझेदारी खोज्न सक्रिय बनेका छन् । यसै सन्दर्भमा स्टार्मर दक्षिण कोरिया, क्यानाडा र फिनल्यान्डपछि यस महिना बेइजिङ भ्रमण गर्ने चौथो अमेरिकी सहयोगी देशका नेता हुन् । उनले बिहीबार चीनको राष्ट्रिय जन काङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेट गरेका छन् । दुवै देशले विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । एपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit