Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

चक्रपथ विस्तारको दोस्रो चरणका लागि चीनसँग सहायता सम्झौता,समस्या उत्पन्न भए एक दिनमै समाधान

चक्रपथ विस्तारको दोस्रो चरणका लागि चीनसँग सहायता सम्झौता,समस्या उत्पन्न भए एक दिनमै समाधान
विज्ञापन
Advertisement

काठमाडौं । चक्रपथ विस्तार आयोजनाको दोस्रो चरण कार्यान्वयनका लागि नेपाल र चीनबीच सहायता सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगसँग र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातयात मन्त्री सुनिल लम्सालबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणलाई तीव्र गतिमा अगाडि बढाइने अपेक्षा गरिएको छ। परियोजनाको कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने समस्या तत्काल समाधान गर्दै सहजीकरण गर्ने प्रतिबद्धता नेपाल सरकारका तर्फबाट व्यक्त गरिएको छ।

परियोजनालाई समयमै सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै अवरोध आएमा एक दिनभित्रै समाधान गर्ने व्यवस्था मिलाइने मन्त्री लम्सालले बताए। पहिलो चरणको कोटेश्वरदेखि कंलकीसम्म निर्माण भएको ६ वर्षसम्म पनि दोस्रो चरणको काम अघि बढ्न सकेको थिएन । दोस्रो चरणको परियोजना कंलकीदेखि चाबेलसम्म लैजाने तयारी छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit