Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
विज्ञापन
Advertisement

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

अर्यालले दुई मतले अच्युतम लामिछानेलाई पराजित गरेका हुन्। अर्यालले ४१६ मत ल्याए भने लामिछानेले ४१४ मत ल्याए। नयाँ नेतृत्व चयनका लागि विद्युतीय उपकरणमार्फत मतदान गराइएको हो।

नवनिर्वाचित सभापति अर्याल यसअघि प्रदेशको प्रवक्ता थिए। नुवाकोट–२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछाने यसअघि बागमती प्रदेश सभापति थिए।

हेटौंडाका अर्याल बागमती प्रदेश समितिका प्रवक्ता थिए। पहिलो चरणको निर्वाचनमा सभापति र सदस्य निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा बाँकी पदाधिकारी छानिनेछन्।

रास्वपाको विधानमा प्रदेश सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने छ। रास्वपा बागमतीमा चार जना सभापतिका आकांक्षी देखिए पनि अन्तिममा दुई जनामात्रै प्रतिस्पर्धी थिए।

त्यसमध्ये अर्यालले ५१ प्रतिशत मत ल्याएर सभापति निर्वाचित भएको निर्वाचन समितिले बताएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit